काठमाडाैं– पछिल्लो २४ घण्टामा भारतमा ७२ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ। योसँगै कुल संक्रमितको संख्या एक करोड २२ लाख २१ हजार भन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।
पछिल्ला केही दिनयता भारतमा कोरोना संक्रमित र सक्रमणबाट मृत्यु हुने व्यक्तिको सख्या बढ्न थालेको भारतीय सरकारी अधिकारीले जानकारी दिएका छन्।
कुल संक्रमितमध्ये पाँच लाख ८४ हजार ५६६ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने एक करोड १४ लाख ७४ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन्।
भारतमा कोरोना भाइरस संक्रमणबाट एकै दिनमा ४५९ जनाको मृत्यु भएको छ । यो संख्या यो वर्षकै सबैभन्दा धेरै भएको मन्त्रालयले जनाएको छ।
योसँगै कोरोना महामारीका कारण ज्यान गुमाउनेको संख्या १ लाख ६२ हजार ९२७ जना पुगेको मन्त्रालयले जनाएको छ।