April 21, 2021, Wednesday
२०७८ बैशाख ८
1:37:26 pm

कोरोनाको तेस्रो लहर सुरु भएसँगै फ्रान्समा पुनः लकडाउन

250

काठमाडौं–कोरोनाको तेस्रो लहर सुरु भएसँगै फ्रान्समा लकडाउनको घोषणा गरिएको छ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले टेलिभिजनमार्फत सन्देश दिँदै कोरोना नियन्त्रणका लागि पुनः चार साताका लागि लकडाउनको घोषणा गरेका हुन्।
शनिबारदेखि लागु हुने लकडाउन कम्तिमा एक महिनासम्म रहने बताइएको छ। 

लकडाउनको समयमा अत्यावश्यक सामानका पसल खुल्नेछन् भने सार्वजनिक सभामा पूर्णरुपमा रोक लगाइएको छ।

साथै देशभरिका विद्यालय पनि तीन साताका लागि बन्द हुने बताइएको छ। बिरामीहरू धेरै भएर देशको स्वास्थ्य प्रणालीले नै काम गर्न नसक्ने अवस्था नआओस् भनेर अर्थतन्त्रलाई दाउमा राखेर फेरि लकडाउन घोषणा गरेको राष्ट्रपतिले बताएका छन्।

राजधानी पेरिसलगायत कोरोनाभाइरसको संक्रमण धेरै भएका केही स्थानमा यसअघि नै विभिन्न खालका प्रतिबन्ध लगाउँदै आइएको छ।