November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

क्यानडामा ५५ वर्षभन्दा कम उमेरकाले एस्ट्राजेनेकाको खोप लगाउन प्रतिबन्ध

3.9K

काठमाडौं- क्यानडा सरकारले ५५ वर्षभन्दा कम उमेरका नागरिकलाई लगाउँदै आएको कोरोनाविरुद्ध खोप अभियान स्थगित गरेको छ। अक्सफोर्ड र एस्ट्राजेनेकाद्वारा विकसित कोरोनाविरुद्धको खोपले उक्त समूहका व्यक्तिको रगत जम्न थालेपछि सरकारले अभियान रोकेको हो।

सोमबारबाटै यस उमेर समूहका व्यक्तिहरूलाई एस्ट्राजेनेका खोप प्रयोग नगर्न भनिएको थियो। खोप सम्बन्धी राष्ट्रिय सल्लाहकार समितिले सुरक्षा कारणका लागि खोप रोक्न सिफारिस गरेको जनाएको छ।

‘सम्भावित जोखिमको तुलनामा ५५ वर्षभन्दा कम उमेरका मानिसहरूलाई एस्ट्राजेनेका खोपबाट हुने फाइदाहरूबारे धेरै अनिश्चितता रहेको छ,’ खोप सम्बन्धी राष्ट्रिय सल्लाहकार समितिका अध्यक्ष डा शेली डिकले भनिन्।

Advertisement

समितिका अनुसार यो खोप लगाएका प्रत्येक १० लाखमध्ये एक जनामा रगत जम्ने समस्या देखिएको छ।‘रगत जम्ने गुनासो गर्नेहरु ५५ वर्षभन्दा कम उमेरका महिला थिए र उनीहरुको मृत्युदर ४० प्रतिशत थियो,’ उनले भनिन्।