April 21, 2021, Wednesday
२०७८ बैशाख ८
1:37:26 pm

सुडानकाे बुडी काउन्टीमा आक्रमण, १४ को मृत्यु

225

काठमाडाैं- सुडानकाे पूर्वी क्वाटोरिया राज्यमा पर्ने बुडी काउन्टीमा भएको आक्रमणमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ। घटनामा अरु ७ जना घाइते भएका छन्।

स्थानीय समय अनुसार आइतबार दिउसो १ बजेतिर घटना भएकोसञ्चार सचिव अलियन्ड्रो लोटोकले बताए।   घटनामा परी मृत्यु भएकामध्ये १२ जना महिला र दुई जना बालबालिका रहेका छन्।

आक्रमणकारीहरू को हुन् भन्ने बारेमा अहिलेसम्म केही पहिचान हुन नसकेको पनि उनले जानकारी दिए। मानिसहरू सुतिरहेका बेलामा आक्रमण भएको प्रारम्भिक अध्ययनबाट देखिएको अधिकारीहरूको भनाइ छ।

स्थानीय अधिकारीहरूले समेत आक्रमण के कारणले भएको थियो भन्ने बारेमा एकीन हुन नसकेको बताएका छन्।