November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

पाकिस्तानमा सार्वजनिक भेला र समारोहमा प्रतिबन्ध

3.5K

एजेन्सी – पाकिस्तानमा सार्वजनिक रुपमा भेला हुन र सभा समारोहहरु गर्न नपाइने भएको छ । पाकिस्तानको सरकारले यस्ता कार्यमा आइतबारदेखि नै प्रतिबन्ध लगाएको छ । 

पाकिस्तानमा पनि पछिल्लो समयमा कोभिड १९ का संक्रमितहरु बढ्दो रुपमा रहेको देखिएको छ । जसका कारण यसको सम्भावित तेस्रो वेभबाट बच्नका लागि यो प्रतिबन्ध लगाइएको यहाँको सरकारले जनाएको छ । 

पाकिस्तानमा कोभिड १९ को संक्रमण नियन्त्रणका क्षेत्रमा कार्यरत यहाँको सरकारको संयन्त्र नेसनल कमाण्ड एण्ड अपरेसन सेन्टरले आइतबार विज्ञप्ति प्रकाशन गरेर यस विषयमा जानकारी गराएको थियो ।

Advertisement

उक्त सेन्टरले पाकिस्तानमा राजनीतिक सभा सम्मेलनहरुका साथै सांस्कृतिक र खेलकूदका लागि गरिने जमघटहरुमा पनि कडा रुपमा प्रतिबन्ध लगाइएको जनाएको छ । यो प्रतिबन्धको अवज्ञा गर्नेहरुलाई कडा कारबाही गरिने पनि सो सेन्टरले प्रकाशन गरेको विज्ञिप्तमा जानकारी गराएको छ । यो प्रतिबन्ध देशव्यापी रुपमा लगाइएको जनाइएको छ ।

 यो नयाँ निर्देशनपछि यहाँका प्रान्तीय सरकारहरुले पनि यसको पालना गर्नुपर्ने भएको छ । सरकारले धार्मिक र सांस्कृतिक जस्तो विवाह आदिका कार्यहरुमा पनि जमघट हुन नपाइने जनाएको छ ।