November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

मोजाम्बिकमा इस्लामिक चरमपन्थीको आक्रमण

3.5K

एजेन्सी – पूर्वी अफ्रिकी देश मोजाम्बिकमा भएको अपराधिक आक्रमणमा ठूलो संख्यामा हताहती भएको छ। उत्तरी मोजाम्बिकको तटीय क्षेत्रमा रहेको पल्मा सहरमा इस्लामिक चरमपन्थी समूहले गरेको आक्रमणमा दर्जनौँ सर्वसाधारणको मृत्यु भएको जनाइएको छ।

घटनामा केही विदेशी नागरिकहरु परेका छन्। ६० जनाभन्दा बढी बेपत्ता भएका छन्। मोजाम्बिकको रक्षा मन्त्रालयका प्रवक्ता ओमर सारंगाका अनुसार केही व्यक्तिको एक होटेलबाट निस्किएर भाग्ने क्रममा मृत्यु भएको छ। उनीहरु आतंककारीको डरले एउटा होटेलमा चार दिनदेखि लुकेर बसिरहेका थिए।

रक्षा मन्त्रालयले आतंककारीको चंगुलबाट ठूलो संख्यामा स्थानीय र विदेशीहरुलाई बचाइएको जनाएको छ। गत बुधबार त्यस क्षेत्रमा इस्लामिक चरन्पन्थी समूहले आक्रमण गरेको थियो। आक्रमणबाट बच्न उनीहरु होटेलमा गएर लुकेका थिए।

Advertisement

प्रत्यक्षदर्शीहरुका अनुसार हिजो समुद्र तटमा ठूलो संख्यामा शव भेटिएका छन्। जसको शिर छेदन गरिएको छ।