काठमाडौं–चीनमा आइतबारसम्म १० करोडभन्दा धेरैले कोभिड–१९ विरूद्धको खोप लगाएका छन्।
कोभिड–१९ रोकथाम तथा नियन्त्रण राज्य परिषद् अन्तर्गत संयुक्त संयन्त्रले आइतबार एक पत्रकार सम्मेलनमार्फत् १० करोड चिनियाँलाई खोप लगाइसकिएको जानकारी गराएको हो।
अहिलेसम्म १० करोड २४ लाख दुई हजार चिनियाँले खोप लगाएको राष्ट्रिय स्वास्थ्य आयोगद्वारा सार्वजनिक तथ्यांक अनुसारलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन्।