November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कोइला खानी दुर्घटनामा चार जना मजदुरको मृत्यु

5.3K

चैत्र – उत्तर चीनको शांक्सी प्रान्तमा रहेको कोइला खानीमा बिहीबार भएको ग्यास दुर्घटनापछि फसेका चार जना मजदुरको मृत्यु भएको उद्धारकर्र्मीले पुष्टि गरेका छन् ।

उनीहरुका शव शुक्रबार बिहान १०ः३५ फेला परेको दुर्घटनाको उद्धार मुख्यालयले जानकारी दिएको छ ।

बिहीबार बिहान ३ः५१ बजे भएको उक्त दुर्घटनामा १२ जना कामदार फसेका थिए र आठ जनाको भने उद्धार गरिएको थियो । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ । रासस

Advertisement