November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

२० करोड नागरिकलाई सय दिनमा खोप दिने अमेरिकाको तयारी

3.4K

काठमाडौं–आफ्नो कार्यकालको सय दिनमा २० करोड अमेरिकी नागरिकलाई खोप दिने लक्ष्य राखेको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन्।

पछिल्लो समय अमेरिकामा कोरोेना भाइरसका नयाँ बिरामी बढ्दै गएको अवस्थामा बाइडेनले यस्तो महत्त्वाकांक्षी लक्ष्य घोषणा गरेका हुन्।

आज दोस्रो लक्ष्य निर्धारित गरिरहेको छु,’ बाइडेनले भनेका छन्, ‘हामी आफ्नो कार्यकालको पहिलो एक सय दिनमा २० करोड नागरिकलाई कोरोनाविरुद्धको खोप दिनेछौं।’ राष्ट्रपति जो बाइडेनले आफ्नो लक्ष्य महत्त्वाकांक्षी भए पनि पूरा गर्न आफूहरु सफल हुने विश्वास गरेको सञ्चारमाध्यमले जनाएका छन्।

Advertisement

‘मलाई थाहा छ यो महत्त्वाकांक्षी योजना हो, यो हाम्रो मूल लक्ष्यभन्दा दुई गुणा धेरै हो,’ बाइडेनले भने, ‘कुनै अर्काे देश यसको नजिक पनि पुगेको छैन।’ नयाँ लक्ष्य कठिन भए पूरा हुने उनको विश्वास छ।

अमेरिकामा अहिलेसम्म कोरोना विरुद्धको १३ करोड डोज वितरण भइसकेको बताइएको छ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा अहिलेसम्म तीन करोडभन्दा धेरैलाई सङ्क्रमण भएको छ ।