November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

ब्राजिलमा कोरोना संक्रमणबाट एकै दिन तीन हजार २५१ को मृत्यु

2.4K

काठमाडाैं- ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट एकै दिनमा तीन हजार २५१ जनाको मृत्यु भएको छ। याे संख्या  महामारी सुरु भएयता कै सबैभन्दा ठूलाे हाे।

योसँगै ब्राजिलमा कारोनाभाइरसका कारण मृत्यु भएकाहरूको संख्या दुई लाख ९८ हजार ६७६ पुगेको छ।

त्यसैगरी पछिल्लो एक दिनमा ब्राजिलमा कोरोना भाइरसबाट ८२ हजार ४९३ जना संक्रमित भएका छन्।

Advertisement

ब्राजिलमा अहिलेसम्म कूल एक करोड २१ लाख ३० हजार १९ जना कोरोनाबाट संक्रमित भएका छन्।