काठमाडाैं- भारतकाे राजस्थानस्थित जोधपुर डिभिजनको जोलोर जिल्लामा अनियन्त्रित कारले ठक्कर दिँदा पाँचजना विद्यार्थीको मृत्यु भएकाे छ।
जालोर जिल्लाको दन्तवरा गाउँमा विद्यालयबाट फर्केका बालबालिकाहरुलाई कारले ठक्कर दिँदा तीन छात्रा र दुई छात्रकाे मृत्यु भएकाे हाे।
दुई महिला विद्यार्थीको बाटाेमै मृत्यु भएकाे र तीनजनाकाे अस्पतालमा मृत्यु भएकाे हाे। यता एक विद्यार्थी घाइते छन्। एक युवतीकाे अवस्था गम्भीर रहेकाे जनाइएकाे छ।
दुर्घटनामा परेका विद्यार्थीहरु कक्षा ६ देखि १० मा अध्ययनरत थिए। प्रहरीले कार चालकलाई नियन्त्रणमा लिएकाे छ।