November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

आप्रवासीलाई अमेरिकाले भन्यो–सीमा बन्द छ, अबैध बाटोबाट नआउनू

4.3K

काठमाडौं–संयुक्तराज्य अमेरिकाको दक्षिणी सीमा मामिलासम्बन्धी अमेरिकी संयोजक रोबर्टा ज्याकोब्सनले मेक्सिको हुँदै अमेरिका प्रवेश नगर्न आग्रह गरेका छन्। 

प्रवेशाज्ञा अनुमतिको कागजातबिना हजारौं व्यक्ति मध्य अमेरिकी मुलुकबाट आइरहेका समाचार बाहिरिएसँगै उहाँले अमेरिकी सीमा बन्द गरिएको जानकारी दिएका हुन्। 

मेक्सिको सिटीमा रहेको अमेरिकी राजदूताबासबाट सार्वजनिक गरिएको उनको एउटा अडियो सन्देशमा भनिएको छ, ‘सीमामा नआउनु होला । सीमा बन्द गरिएको छ।’

Advertisement

अवैधानिक तरिकाबाट अमेरिका प्रवेश गर्न चाहने व्यक्ति आपराधिक तत्त्वहरु र मानव तस्करबाट पीडित हुने जोखिम पनि रहने ज्याकोब्सनले बताएका छन्। 

राष्ट्रिय सुरक्षा परिषद्मा दक्षिण अमेरिकी प्रमुख हुवाँ गोन्जालेज र मेक्सिकोका विदेश मन्त्री मार्सेलो एब्रार्डसँग वार्ता गरेपछि ज्याकोब्सनको अडियो सार्वजनिक भएको हो।

आर्थिक सङ्कट, अपराध र पर्यावरणीय विपदबाट जीवन कष्टप्रद भएको जनाउँदै मध्य अमेरिकी मुलुकबाट ठूलो संख्यामा मेक्सिकोको बाटो हुँदै मानिसहरु अमेरिका प्रवेश गर्ने तथ्यांक छ। 

बालबच्चासहित ठूलो संख्यामा मानिसहरु कैयौं दिनदेखि हिँडेरै अमेरिकी सीमामा पुग्न लागेको आप्रवासीका क्षेत्रमा क्रियाशील संघसंस्थाले जनाएका छन्।