काठमाडौं- म्यानमारमा सैन्य ‘कू’को विरोधी प्रदर्शनका क्रममा पक्राउ परेका ६ सयभन्दा बढी प्रदर्शनकारी रिहा भएका छन्।
बुधबार ३६० पुरुष र २६८ जना महिलालाई रिहा गरिएकाे जेलका एक वरिष्ठ अधिकारीले बताएका छन्।
‘हामीले आज इन्सेन जेलबाट ३६० जना पुरुष र २६८ जना महिलालाई रिहा गरेका छौ,’ एक वरिष्ठ अधिकारीले भने।
म्यानमारमा सैन्य ‘कू’ भएयता भएका विरोध प्रदर्शनका क्रममा हालसम्म २७५ जनाको मृत्यु भएको छ।