काठमाडौं- भारतको बिहार विधान सभामा विपक्षी दलका विधायकहरूमाथि प्रहरीले कुटपिट गरेका छन्। मंगलबार साँझ बसेको लोकसभा प्रहरीले कुटपिट गर्दा केही विधायकहरु घाइते भएको भारतीय सञ्चारमाध्यम जागरणले जनाएको छ।
बिहारको विधानसभामा पेश भएको बिहार सशस्त्र पुलिस विधेयक २०२१ विधेयक पास गरिएकाे थियाे। उक्त विधेयकमा प्रहरीलाई पक्राउ पुर्जी नभई जो कोहीलाई समातेर हिरासतमा राख्ने अधिकार दिने विषय प्रस्ताव भएपछि विपक्षी दल राष्ट्रिय जनता दल (आरजेडी)ले विरोध गरेकाे थियाे।
उनीहरुले लाेकसभाकाे काम कारवाही सुरु गरेलगत्तै कागज च्यातेर उडाउने, नाराबाजी गर्ने र टेबुल ठटाउने गरेका थिए। तर, सभामुखले बैठक अवरुद्ध गरे बल प्रयाेग गर्ने चेतावनी दिएका थिए।