November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

बंगलादेशकी प्रधानमन्त्रीको हत्या गर्ने याेजना बनाएका १४ जनालाई मृत्युदण्ड

6.5K

काठमाडौं- बंगलादेशको एक अदालतले प्रधानमन्त्री शेख हसिनाको हत्या गर्ने योजना बनाएका १४ आतंकवादीलाई मृत्युदण्ड दिने फैसला सुनाएको छ।

ढाका र्‍यापिड सुनुवाई न्यायाधिकरणका न्यायाधीश अबु जफर मोहम्मद कमरजुजामानले मंगलबार फैसला सुनाएका हुन्। फस्ट पाेष्टका अनुसार मृत्युदण्ड सुनाइएकाहरु प्रतिबन्धित हरकत-उल-जिहाद- अल- स्लामिक बंगलादेश (हूजी-बी) का सदस्य हुन्। 

फैसलाका क्रममा १४ मध्ये नौ जना अदालतमा उपस्थित थिए। बाँकी पाँच जना अपराधी फरार छन्। फरार रहेकालाई पक्राउ गरिएपछि मृत्युदण्ड दिइने समाचारमा उल्लेख छ।

Advertisement

सन् २००० जुलाई २१ मा दक्षिण पश्चिम गोपालगन्जको कोटलीपाडामा हसिनाले एक चुनावी सभालाई सम्बोधन गर्ने स्थानमा हूजी-बी आतंककारीहरूले ७९ किलोग्रामकाे बम जमिनमा राखेका थिए। तर, सुरक्षा एजेन्सीहरूले प्रधानमन्त्री हसिनाको हेलिकप्टर अवतरण गर्नु अघि नै पत्ता लगाएका थिए।