काठमाडौं – भारतको मध्यप्रदेशस्थित ग्वालियरमा मंगलबार बिहान भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु भएको छ।
पुरानो क्यान्टोनमेन्ट क्षेत्रमा बस र अटो रिक्सा ठोकिँदा १३ जनाको मृत्यु भएको हो। ग्वालियर प्रहरीका अनुसार मृत्यु हुनेमा १२ महिला र एक पुरुष छन्।
राज्य सरकारले मृतकको परिवारलाई ४ लाख र घाइतेहरुलाई ५० हजार दिने घोषणा गरेको छ।