January 14, 2025, Tuesday
२०८१ माघ १
1:37:26 pm

अष्ट्रेलियाः संसद् भवन भित्रको अश्लील भिडियो सार्वजनिक, महिला सांसद र सर्वसाधारणद्धारा विरोध

3.5K

एजेन्सी – अष्ट्रेलियाको संसद् भवनमा यौन गतिविधिमा समावेश एक सरकारी कर्मचारीको तस्बिर र भिडियो सार्वजनिक गरिएको छ ।

भिडियोमा देखिए अनुसार एक अधिकारीले महिला सांसदको डेस्कमा यौनजन्य गतिविधि गरिरहेको देख्न सकिन्छ ।
प्रधानमन्त्री स्कट मोरिसनले उक्त भिडियोलाई ‘अपमानजनक’ बताएका छन् ।

यी नयाँ भिडियोलाई एक पूर्व सरकारी कर्मचारीले अष्ट्रेलियाली मिडियालाई प्रदान गरेका हुन् । अष्ट्रेलियाका पत्रिका द अष्ट्रेलियन र च्यानल टेनले संसद भवनभित्र भएका यौनजन्य गतिविधि जारी गरेका हुन् । भिडियो एक ह्विसलब्लोअरको तर्फबाट लिक गरिएको हो । भिडियो सार्वजनिक भएपछि अष्ट्रेलियाका महिला सांसद र सर्वसाधारणको तर्फबाट सरकारको विरोध एकपटक पुनः तात्तिएको छ । सरकारले समयमा नै कारवाही नगर्दा मानिसहरु रिसाएका छन् ।

Advertisement

भिडियो सार्वजनिक भएपछि एक सहयोगीलाई तत्काल हटाइएको छ । सरकारले थप कारवाही अघि बढाउने जानकारी दिएको छ । क्याबिनेट मन्त्री करेन एन्ड्रुजले अब आफू थप मौन बस्न नसक्ने बताएकी छिन् । महिला मामिलाकी मन्त्री मेरिस पेनले संसद भवनको ‘वर्कप्लेस कल्चर’ को विषयमा अनुसन्धान हुनुपर्ने बताएकी छिन् ।