January 15, 2025, Wednesday
२०८१ माघ २
1:37:26 pm

अमेरिकामा कोरोना जित्नेको संख्या २ करोड २८ लाखभन्दा बढी

3K

काठमाडौँ- अमेरिकामा २ करोड २८ लाखभन्दा धेरैले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् ।

पछिल्लो २४ घण्टा ८८ हजार २८९ जनाले संक्रणलाई जितेका छन् । योसँगै अमेरिकामा संक्रमणमुक्त हुनेको संख्या २ करोड २८ लाख ४४ हजार ५६४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९२५ संक्रमितको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख  ५५ हजार ९४३ पुगेको छ ।

Advertisement

त्यहाँ पछिल्लो २४ घण्टामा ४४ हजार २७८ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या ३ करोड ५ लाख ७५ हजार ४९२ नाघेको छ ।