March 14, 2026, Saturday
२०८२ फाल्गुन ३०
1:37:26 pm

अष्ट्रेलियामा बाढीका कारण जनजीवन प्रभावित, हजारौं नागरिकलाई सुरक्षित स्थानमा सारिदैँ

2.5K

काठमाडौं– अष्ट्रेलियामा आएको बाढीका कारण हजारौं सर्वसाधारण प्रभावित भएका छन्। पूर्वी तटीय क्षेत्रमा आएको बाढीका कारण हजारौंलाई सुरक्षित स्थानमा सारिएको छ।

सिड्नी क्षेत्रमा बाढी बढ्दै गएपछि हजारौं नागरिकलाई सुरक्षित स्थानमा लैजाने क्रम जारी रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्।

न्यु साउथवेल्स र क्वीन्सल्याण्ड राज्यका विभिन्न क्षेत्रमा वर्षापछि आएको बाढीका कारण निजी तथा सरकारी आवासमा क्षति पुगेको बताइएको छ।

Advertisement

बाढी आएपछि झण्डै १८ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्। केही दिनदेखि परेको भारी वर्षाका कारण उक्त स्थानमा बाढी आएको हो।

भारी वर्षापछि प्रान्तीय राजधानी सिड्नीका नदी र बाँधमा पानीको मात्रा बढेको र बाढी आएको समाचारमा जनाइएको छ। अझै केही दिनसम्म बाढीले निरन्तरता पाउने अष्ट्रेलियाका अधिकारीले बताएका छन्। उनीहरुले सर्वसाधारणलाई सतर्क रहन समेत अनुरोध गरेका छन् ।

बाढीका कारण सडक संरचनाहरु क्षतिग्रस्त भएका छन् ।