March 15, 2025, Saturday
२०८१ चैत्र २
1:37:26 pm

बंगलादेशमा मोदीको व्यापक विरोध

3.8K

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेश भ्रमण लागेपछि त्यहाँका जनता विरोधमा उत्रिएका छन्। मोदी मार्च २६ (आगामी शुक्रबार) बंगलादेश जाँदैछन्। 

भ्रमण शुरु हुनुभन्दा अघि नै बंगाली जनताहरूले मोदीको विरोध गर्न थालेका हुन्। बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनले भने मानिसहरूको एक समूहले मात्रै मोदीको विरोध गरेकाले चिन्तित हुनुपर्ने कारण नरहेको दाबी गरेका छन्।

समाचार एजेन्सी एपीका अनुसार शुक्रबार बंगलादेशको राजधानी ढाकामा मुसलमान र छात्र संगठनहरूले मोदी भ्रमणको विरोधमा र्‍याली निकालेका थिए। 

Advertisement

हिन्दु धर्मको सहारा लिँदै कट्टरपन्थी व्यवहार देखाउने गरेको भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकारले भारतमै मुसलमानहरूमाथि ज्यादती गर्नेगरेको आरोप लागिरहेको छ।

मुसलमानहरूमाथि सत्ताबाटै दमन भइरहँदा मुस्लिम बाहूल्य बंगलादेशमा मोदीको भ्रमणलाई लिएर भैरहेको विरोधलाई स्वाभाविक मानिएको छ।