March 5, 2026, Thursday
२०८२ फाल्गुन २२
1:37:26 pm

मेक्सिकोमा अज्ञात हतियारधारीको आक्रमणमा १३ प्रहरी मारिए

5.1K

काठमाडौं- मेक्सिकोमा अज्ञात हतियारधारीको आक्रमणमा १३ प्रहरी मारिएका छन्। बिहीबार राजधानी मेक्सिको सिटीबाट केही बाहिर जाँदै गरेको अवस्थामा उनीहरुमाथि आक्रमण भएको हो।

प्रहरी आउने सूचना पाएका आक्रमणकारीहरुले बाटो कुरेर आक्रमण गरेका थिए। ती आक्रमणकारी लागूऔषध गिरोह हुनसक्ने प्रहरीले जनाएको छ। 

pinup pin up pin up pinup

प्रहरीमाथि आक्रमण भएको स्थान राजधानीबाट ६४ किलोमिटर टाढा पर्छ।  मेक्सिकोमा लागूऔषध कारोवारी र प्रहरीबीच बेलाबेलामा झडप भइरहन्छ। यसअगाडि सन् २०१९ मा  पनि १४ प्रहरीको हत्या भएको थियो।

Advertisement

मेक्सिकोका रक्षामन्त्री रोड्रिगो मार्टिनेज केलिसले यो आक्रमणबारे प्रहरीले आवश्यक कानुनी कदम चाल्ने बताए।

‘यो हमला मेक्सिको राज्यविरुद्ध हो। अपराधिलाई कानूनी कठघरामा ल्याउँछौं,’ उनले भने।

अहिले मेक्सिकन प्रहरीले आक्रमणकारीको खोजी कार्य तीव्र पारेको छ।