April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २७ लाख भन्दा बढी

3.8K

काठमाडौँ–  विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २७ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ४६५ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २७ लाख २ हजार ४५५ पुगेको छ ।

कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा पाँच लाख ५२ हजार ४७० जनाको मृत्यु भएको छ ।

Advertisement

यसैगरी ब्राजिलमा २ लाख ८७ हजार ७९५ जना, भारतमा १ लाख ५९ हजार ४०५ जना, रूसमा ९३ हजार ८२४ जना, बेलायतमा १ लाख २५ हजार ९२६ जना, फ्रान्समा ९१ हजार ६७९ जना, इटालीमा १लाख ३ हजार ८५५ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५ लाख ४५ हजार ४५९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमितको संख्या १२ करोड २३ लाख ५७ हजार ४७४ पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या २ करोड १० लाख ४ हजार ४६५ छ । यसमध्ये ८९ हजार १४० जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।