November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

फ्रान्समा पुनः लकडाउन

3.5K

काठमाडौं–कोरोना भाइरसको तेस्रो लहर सुरु भएको भन्दै फ्रान्सको राजधानी पेरिसमा पुनः लकडाउन घोषणा भएको छ।

पेरिससँगै देशका अन्य १५ शहरमा शुक्रबार मध्यरातबाट लागु हुने गरी एक महिनाको लकडाउन घोषणा भएको हो। 

अहिलेको लकडाउनमा पहिलेको जस्तो सबै क्षेत्रमा कडा प्रतिबन्ध भने नरहने अधिकारीहरुले बताएका छन्।

Advertisement

नयाँ लकडाउनमा अत्यावश्यक बाहेकका सबै काम बन्द रहने भए पनि विद्यालय भने खुला रहने बताइएको छ। मानिसहरु एक ठाउँबाट अर्काे ठाउँमा जानका लागि सरकारी अनुमति आवश्यक पर्नेछ।