November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

ब्राजिलमा एकैदिन झण्डै एक लाख जनामा कोरोना संक्रमण

2.2K

एजेन्सी – ब्राजिलमा एकैदिन ९० हजारभन्दा बढीलाई कोरोना भाइरस संक्रमण भएको छ।

त्यहाँका अधिकारीले जानकारी दिएअनुसार पछिल्लो २४ घण्टामा अर्थात् बुधबार रातीसम्ममा ९० हजार ३०३ जना संक्रमित भेटिएका छन्।

ब्राजिलमा अहिलेसम्म एक करोड १६ लाख ९३ हजार ५५८ जना संक्रमित भएका छन् भने दुई लाख ८० हजार संक्रमितको मृत्यु भइसकेको छ।

Advertisement

पछिल्लो २४ घन्टामा २ हजार ६४८ जना संक्रमितको मृत्यु भएको छ। यो मानवीय हताहती गएका केही हप्ताका सोही समयावधिमा भएको सबैभन्दा उच्च हो।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएअनुसार कोरोना महामारीबाट साओ पाउलो शहर सबैभन्दा बढी प्रभावित भएको छ। त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै चार सय जनाभन्दा धेरैको ज्यान गएको छ। पछिल्लो पटक ब्राजिलमा कोरोनाका संक्रमितहरूको उपचार गर्न सेवा क्षमता कम भएको बताइएको छ।

ब्राजिलमा कोरोना भाइरस विरुद्धको खोप पनि लगाउन थालिएको छ। त्यहाँका पूर्व राष्ट्रपति लुइस इनासियो लुला डि सिल्भाले पनि गत शनिबार कोरोना भाइरस विरुद्धको खोप लगाएका थिए।

पछिल्लो जानकारी अनुसार मंगलबारसम्ममा १ करोड ४० लाख भन्दा बढी नागरिकले खोप लगाएका छन्। विश्वमा कोभिड-१९ को संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित छ। ब्राजिल दोस्रो स्थानमा छ।