काठमाडौं–तान्जानियाका राष्ट्रपति जोन मागुफुलीको निधन भएको छ। ६१ वर्षीय मागुफुलीको उपचारका क्रममा निधन भएको त्यहाँकी उपराष्ट्रपति समिया सुलुहु हसनले पुष्टि गरेको बीबीसीले जनाएको छ।
विगत दुई हप्ता यता सार्वजनिक रुपमा कतै देखिएका मागुफुलीलाई प्रतिपक्षी दलका नेताहरुले भने कोरोना भएको बताएका थिए। उक्त विषय भने पुष्टि हुन नसकेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। तान्जानियालाई मागुफुलीले जुनतिर नै कोभिड–१९ फ्रि मुलुक घोषणा गरेका थिए।
मागुफुलीको निधनमा तान्जानियामा १४ दिनसम्म शोक मनाइने बताइएको छ।
अब नयाँ राष्ट्रपतिका रुपमा हसनले शपथ लिनेछिन्। उनको शपथपछि हसन तान्जानियाको इतिहासमै पहिलो महिला राष्ट्रपति बन्नेछिन्।
पहिलोपटक सन् २०१५ मा राष्ट्रपति बनेका मागुफुली अघिल्लो वर्ष दोस्रो कार्यकालका लागि चुनिएका थिए।