November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

म्यानमारमा थप सात प्रदर्शनकारीको मृत्यु

२०७७ फाल्गुन २७

3.3K

काठमाडौं– म्यानमारमा सैन्य ‘कू’विरुद्ध जारी प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर थप सात प्रदर्शनकारीको मृत्यु भएको छ।

बिहीबार म्यानमारको मियाइङ सहरमा सुरक्षाकर्मीको गोली लागेर ६ जना प्रदर्शनकारीको मृत्यु भएको हो। अर्का एक प्रदर्शनकारीको मृत्यु भने यान्गोनको नर्थ डागोन जिल्लामा भएको हो।

याेसँगै म्यानमारमा सेनाविरुद्धको आन्दोलनमा मृत्यु हुनेकाे संख्या ६७ नाघेकाे छ र दुई हजारभन्दा धेरै मानिस पक्राउ परेको एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स एड्भोकेसी ग्रुपले जनाएकाे छ।

Advertisement