काठमाडाैं–अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी)ले कोरोना खोप लगाइसकेका अमेरिकी नागरिक स्वतन्त्र रुपमा विनामास्क हिँडडुल गर्न सक्नेछन्।
उनीहरूले खोप लगाइसकेका तथा केही नलगाएका व्यक्तिसँग भेटघाट गर्न तथा सामान्य जनजीवनमा फर्कन सक्ने नयाँ मापदण्डमा उल्लेख छ।
खोपको दोस्रो मात्रा लगाएको दुई सातापश्चात्पूर्ण सुरक्षित हुने सिडिसीले जनाएको छ।
हालसम्म तीन करोड अमेरिकीले खोपको पूर्ण मात्रा लिइसकेका छन्।
सोमबार सार्ववनिक गरिएकको नयाँ मापदण्डअनुसार अब पूर्ण खोप लिइसकेका अमेरिकीले मास्क वा सामाजिक दूरी विना नै भेटघाट गर्न सक्छनेछन्को भिड १९ भएका अन्यसँग भेटघाट गरे पनि कुनै लक्षण देखा परेन भने परीक्षण वा क्वारन्टिन गर्नु नपर्ने बताइएको छ।