February 25, 2021, Thursday
२०७७ फाल्गुन १३
1:37:26 pm

मेक्सिकोमा सैन्य विमान दुर्घटना, ६ जनाको निधन

नेपालमामिला संवाददाता
२०७७ फाल्गुन १०

170

मेक्सिकोमा सैन्य विमान दुर्घटना हुँदा ६ जनाको निधन भएको छ। आइतवार बिहान दक्षिणपूर्वी राज्य भेराक्रुजमा वायु सेनाको विमान दुर्घटनामा परेको हो। \

बिहान एमिलियानो जापाटाको एयरपोर्टबाट विमानले उडान लिने क्रममा दुर्घटना भएको मेक्सिकोको सरकारी अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

विमान दुर्घटनामा भएको क्षतिबारे थप विवरण आउन बाँकी रहेको र यसबारे सेनाले थप अनुसन्धान गर्ने बताइएको छ।