June 12, 2024, Wednesday
२०८१ जेष्ठ ३०
1:37:26 pm

चाइनिज युनिभर्सिटी अफ हङकङबाट नर्सिङमा पीएचडी गरेकी बागलुङकी टीका

3.6K

काठमाडौं । नेपाल बागलुङकी टीका रानाले चाइनिज युनिभर्सिटी अफ हङकङबाट नर्सिङमा पीएचडी गरेकी छन् । हङकङमा बसोबास गर्दै आएकी रानाले विश्वविद्यालयको चिकित्सा संकायअन्तर्गत नेदरसोल स्कूल अफ नर्सिङबाट चार वर्षको अनुसन्धानपश्चात् मंगलबार (४ जुन) पीएचडी उपाधि हासिल गरेकी हुन् ।

पहिलोपटक सन् २००३ मै हङकङ प्रवेश गरेकी रानाले सन् २०२० देखि नर्सिङमा पीएचडी सुरु गरेकी थिइन् । उनले नर्सिङकै इन्फेक्सन कन्ट्रोल विषयमा यही विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी छन् ।

भर्खरै डा. उपाधि पहिरिएकी रानाले जातीय अल्पसंख्यक समुदायमा क्यान्सर स्क्रिनिङ र रोकथाम (क्यान्सर स्क्रिनिङ एन्ड प्रिभेन्सन अमोङ इथ्निक माइनोरिटी पपुलेसन) विषयमा पीएचडी पूरा गरेकी हुन् ।

Advertisement

गैरआवासीय नेपाली संघ, हङकङको महिला संयोजकदेखि सचिवसम्मको जिम्मेवारी सम्हालिसकेकी राना नेपाली समुदायसँग त परिचित छन् नै अन्य अल्पसंख्यक समुदाय भारतीय, पाकिस्तानी लगायतसँग पनि उत्तिकै घुलमिल छन्।

हङकङ सरकारको छात्रवृत्तिमा पूर्णकालीन विद्यार्थी बनेर पीएचडी पूरा गरेकी रानाले अब हङकङमै बसेर अध्ययनकै क्षेत्रमा काम गर्ने योजना रहेको बताइन् ।

पछिल्लो समय उनी सन् २०२३ मा एसियन अन्कोलोजी नर्सिङ सोसाइटीद्वारा ‘सर्टिफिकेट अफ स्कलरसिप अवार्ड’ र २०२४ मा चाइनिज युनिभर्सिटी अफ हङकङको चिकित्सा संकायद्वारा ‘आउटस्ट्यान्डिङ अकाडेमिक अवार्ड फर डक्टर अफ फिलोसोफी इन नर्सिङ’ बाट सम्मानित भएकी छन्।