November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

‘२४ लाख खोप हराएको नभई विवरण अद्यावधिक नभएको’

3.2K

काठमाडौं स् कोरोनाविरुद्ध खोपको हराएको २४ लाख मात्रा खोप नहराएको तर खोप लगाएर पनि विवरण अद्यावधिक नगरेको बताइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको खोप छानबिन समितिले खोप नहराएको तर विवरण अद्यावधिक नगरिएको प्रतिवेदन बुझाएको हो।

खोप छानबिन समितिका एक सदस्यले भने‚ जसरी बाहिर खोप हरायो भनेर आयो। त्योभन्दा पनि खोपको विवरण अद्यावधिक गरिएको रहेनछ। कोरोना महामारीका कारणले धेरै स्थानबाट विवरण अद्यावधिक भएको थिएन। अहिले सबै हिसाब मिलेको छ।

प्रतिवेदनमा कति खोप खेर गयो, कति खोपको म्याद गुज्रिएर फालियो, कति खोप लगाइयो र कति खोप मौज्दात छ भन्ने विवरण समेत आएको बताइएको छ।

Advertisement

यसअघि संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्यसचिव डा। रोशन पोखरेलले कोभिडविरुद्धको २४ लाख डोज हराएको भनेपछि यो विषय विवादित बनेको थियो।

विषय विवादित बन्दै गएपछि स्वास्थ्यमन्त्री खतिवडाले १५ दिनअघि मन्त्रालयका प्रमुख विशेषज्ञ डा। गुणराज लोहनीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेका थिए।

सरकारले डा गुणराज लोहनीको अध्यक्षतामा ५ सदस्यीय खोप छानबिन समिति गठन गरेको थियो। सरकारले गठन गरेको छानबिन समितिमा डा। गुणनिधि शर्मा, डा। अभियान गौतम, यशोदा अर्याल र अनिल थापा थिए।