January 18, 2022, Tuesday
२०७८ माघ ४
1:37:26 pm

प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण, एपीएफ अस्पताल भर्ना

825

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कोरोना संक्रमण देखिएपछि बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ)अस्पताल भर्ना भएका छन् ।स्रोतका अनुसार सोमबार साँझ एपीएफ अस्पताल बलम्बुमा उनी भर्ना भएका हुन् । 

आइतबार प्रधानन्यायाधीश जबराका एक जना पारिवारिक सदस्यलाई संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका राणाले सोमबार दिउँसो स्वाब परीक्षण गराएका थिए । त्यसको केही घण्टापछि उनको रिपोर्ट कोभिड पोजिटिभ आएको थियो ।

कार्यालय समय सकिएपछि उनी एपीएफ अस्पताल पुगेका थिए ।

Advertisement