November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

डाक्टरहरुको लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै पीडित पक्ष आन्दोलित

2.8K

काठमाडौ । डाक्टरहरुको लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै पीडित पक्ष आन्दोलित भएका छन् । कर्णाली प्रदेश अस्पताल सुर्खेतको डाक्टरहरूको कारण बालिका मृत्यु भएको कारण विषयमा उचित छानविनको माग गर्दै पीडित पक्षले आन्दोलन गरेको हो ।

दैलेखको नारायण नगरपालिका –४ की पूजा कटुवालकी साढे २ वर्षकी छोरी (बालिका) कुसुम कटुवालको गएराती प्रदेश अस्पतालमा मृत्यु भएको थियो । खासै समस्या नभएकी उनको एक्कासि कसरी मृत्यु भयो भन्दै घटनाको उचित छानविन हुनुपर्ने मागका साथ पीडित पक्ष आन्दोलित भएका हुन् ।

पीडित पक्षले ओभरडोज औषधिका कारण बालिकाको मृत्यु भएको दावी गरेको छ । बालिकाकी आमा पूजाका अनुसार कुसुमको चार दिन अगाडि नाकमा मकैको दाना अड्केको थियो । अलिकति श्वास फेर्न गाह्रो बाहेक अन्य कुनै समस्या थिएन,’ उनले भनिन्, ‘पछि समस्या आउँछकि भनेर दैलेख अस्पताल ल्याएका थियौं । जिल्ला अस्पताल दैलेखका स्वास्थ्यकर्मीले प्रदेश अस्पतालमा सहज उपचार हुने भनेर लैजान सल्लाह दिएपछि हामीले यहाँ ल्याएका थियौं ।’

Advertisement

शुक्रबार बिहानै प्रदेश अस्पतालका एक डाक्टरले बालिकाको चेकजाँच गर श्वास नलीमा समस्या आएको र प्रदेश अस्पतालमा आइसीयु खाली नभएको भन्दै शिक्षण अस्पताल लैजान सुझाएका थिए । तर, डाक्टरले बेड खाली भए यतै राखौँला भनेर भनेको पीडित पक्षले बताएका छन् । त्यहि आशामा सोही अस्पतालमा बालिकालाई राखेकोमा एक्कासि राती १० बजे डाक्टरहरुले मृत्यु भएको जानकारी गराएको उनिहरुको भनाइ छ । ‘स्वास्थ्यमा कुनै समस्या नै नभएकी मेरी छोरीको कसरी मृत्यु भयो ? उनको प्रश्न छ । यो स्वास्थ्यकर्मीहरुको चरम लापरबाही हो ।’, उनि भन्छिन् ।

प्रदेश अस्पतालका प्रवक्ता डाक्टर विकास केसीले भने श्वासप्रश्वासका कारण बालिकाको मृत्यु भएको बताएका छन् । अस्पतालबाट लापरबाही र हेलचेक्र्यााई कुनै भएको छैन,’ उनले भने, ‘उहाँहरुले आरोप लगाउने न हो । बिहान दुबै पक्षबीच छलफल भएको हो । अब उहाँहरुलाई चित्त बुझ्दैन भने प्रशासन मै जानुहुन्छ ।’,