November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

बेलायतमा एकैदिन ३४ हजारभन्दा बढीमा कोरोना संक्रमण

2K

एजेन्सी । बेलायतमा मङ्गलबार एकै दिनमा ३४ हजार जना भन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको जनाइएको छ । गएको २४ घन्टामा ती संक्रमितहरु थपिएका सो समाचारमा जनाइएको छ ।

प्राप्त समाचारअनुसार यहाँ मंगलबार मात्र ३४ हजार ५ सय २६ जना संक्रमित भेटिएका थिए । अघिल्लो दिन यहाँ ३७ हजार जना संक्रमित पाइएको बताइएको थियो । तर, मंगलबार भने ३४ हजार जनामा झरेको पाइएको छ ।

तर, बेलायतका अधिकारीहरुले भने यहाँ हरेक दिन संक्रमितहरु बढ्दै गएको बताएका छन् । मंगलबार सो संख्या केही कमी आएको हो । त्यसैगरी यहाँ गएको २४ घण्टा यतामात्र १ सय ६७ जनाको यो संक्रमणबाट मृत्यु भएको पनि बताइएको छ । थपिएको यो मृत्युसँगै यहाँ यो संक्रमणबाट ज्यान जानेको संख्या १ लाख ३६ हजार ३ सय ७५ जना पुगेको पनि बताइएको छ ।

Advertisement

यहाँ अहिलेसम्म ७७ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । लन्डनमा कोभिड १९ को अवस्था केही हप्ता अघिसम्म सामान्यजस्तो देखिएपनि पछिल्ला दिनमा फेरि यो बढ्दै जान थालेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

अधिकारीहरुले यहाँ पछिल्ला केही दिनयता संक्रमितहरु थपिने र मृत्युको संख्या पनि बढ्न थालेको जनाएका छन् । उनीहरुले यहाँ हरेक दिन ३० हजार जना भन्दा पनि बढी संक्रमितहरु थपिने गरेका जानकारी दिएका छन् ।