काठमाडौ । यसभन्दा अघि सरकारले कात्तिक २ र ३ गते तय गरेको भिटामिन ‘ए’ खुवाइने कार्यक्रम कार्तिक ७ र ८ गते खुवाइने भएको छ । देशभर पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन खुवाइने सो कार्यक्रम दशैं परेकाले समय परिर्वतन गरेकोे हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार ६ देखि ५९ महिनाका बालबालिकाहरूलाई भिटामिन ए क्याप्सुल, १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइन्छ । यस्तै, ६ देखि २३ महिनाका बालबालिकालाई बहु सुक्ष्म पोषक तत्व बाल भिटा समेत दिइने भएको छ ।
देशभरका खोप केन्द्रलाई राष्ट्रिय भिटामिन ए कार्यक्रमको तयारी थाल्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।