November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

त्रिवि शिक्षण अस्पतालमा छैंटौं कलेजो प्रत्यारोपण

2K

काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा छैटौं व्यक्तिको सफल कलेजो प्रत्यारोपण भएको छ। अस्पतालका कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारी नेतृत्वको टोलीले शुक्रबार कलेजोको सफल प्रत्यारोपण गरेका हुन्।

काठमाडौंका ३६ वर्षीय पुरुषलाई उनलाई ३१ वर्षीया श्रीमतीले कलेजो दिएकी हुन्। डा. भण्डारीकाअनुसार शुक्रबार दिउँसो दुई बजेदेखि सुरु गरिएको प्रत्यारोपण राति ११ बजे सकिएको थियो ।

डा. भण्डारीसहितको टिमलाई भारतको फोर्टिस अस्पतालबाट आएका डा. विवेकसहितको टिमले सहयोग गरेको थियो। यसअघि भण्डारीकै नेतृत्वमा त्रिवि शिक्षण अस्पतालमा पाँच जनाको सफल कलेजो प्रत्यारोपण भएको छ।

Advertisement