November 6, 2024, Wednesday
२०८१ कार्तिक २१
1:37:26 pm

वीर अस्पतालले एक सातापछि मिर्गौला प्रत्यारोपण फेरि थाल्ने

4.4K

काठमाडौं – वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण फेरि सुरु हुने भएको छ।

यसअघि स्थगित भएको प्रत्यारोपण अब फेरि सुरु हुन लागेको  कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल वीरका प्रमुख कार्यकारी अधिकारी प्राडा भुपेन्द्र बस्नेतले बताए।

वीर अस्पतालमा ०६५ सालमा सुरु भएको मिर्गौला प्रत्यारोपण कोरोना संक्रमणका कारण भएको पहिलो लकडाउनपछि ०७६ चैत ११ मा रोकिएको थियो।

Advertisement

अस्पतालको नयाँ सर्जिकल भवनमा मात्र कोरोना संक्रमितको उपचार हुन थालेपछि मिर्गौला प्रत्यारोपण फेरि सुरु हुने लागेको र एक सातापछि सेवा हुने प्राडा बस्नेतले बताए। ‘हामी वीरका सबै सेवा अब फेरि सुरु गर्ने क्रममा छौं, अब साता दिनमै मिर्गौला प्रत्यारोपण सेवा सुरु हुन्छ।‘

उनका अनुसार मिर्गौला प्रत्यारोपण कमिटीको बैठकले प्रत्यारोपण सुरु गर्ने निर्णय गरेको हो। मिर्गौला प्रत्यारोपणका लागि चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा रहेको उनले बताए।

बस्नेतका अनुसार बिरामीको चापको आधारमा सातामा दुई जनाको मिर्गौला प्रत्यारोपण गर्ने तयारी अस्पतालले गरेको छ।

‘मिर्गौला प्रत्यारोपण गर्ने बिरामीलाई सेवा लिन आउन आग्रह गर्छु, अबको साता दिनपछि बिरामी आउनासाथ प्रत्यारोपण सुरु गर्छौँ,‘ उनले भने।

मिर्गौला प्रत्यारोपण गर्ने चिकित्सक टोलीमा डा पारसमणि श्रेष्ठ, डा अनिल श्रेष्ठ, डा रविन बस्नेत, डा पुकारचन्द्र श्रेष्ठ, डा रजनी हाडा, डा अनिल बराललगायत चिकित्सकहरू छन्।