March 13, 2026, Friday
२०८२ फाल्गुन २९
1:37:26 pm

चिनियाँ खोप ६० देखि ६४ वर्षका मानिसलाई लगाइने

1.7K

काठमाडौं : चीनले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप ६० देखि ६४ वर्ष उमेर समूहका मानिसलाई लगाउने निर्णय सरकारले गरेको छ।

स्वास्थ्य मन्त्रालयमा मंगलबार बसेको बैठकले १० लाख डोज चिनियाँ खोप २५ गतेबाट लगाउने निर्णय गरेको हो। खोप शाखाका प्रमुख डाक्टर झलक गौतमले अन्य उमेर समूहमा जानलाई खोपको उपलब्धता कम भएकाले ६० देखि ६४ वर्ष उमेर समूहलाई लगाउने निर्णय भएको जानकारी दिए।

यो उमेर समूहका नागरिक करिब साढे ८ लाख रहेको अनुमान मन्त्रालयको छ। हिमाली जिल्लाका हकमा भने १८ वर्ष उमेर माथिकालाई पनि खोप दिने सकिने निर्णय भएको गौतमले जानकारी दिए।

Advertisement

‘सुरुमा खोपको उपलब्धता हेर्छौं, पुग्यो भने हिमाली जिल्लामा १८ वर्षमाथिका व्यक्तिमा पनि लगाउनेछौ’, उनले भने।  चीनले अनुदानमा दिने भनेको १० लाख डोज खोपमध्ये ९ लाख खोप नेपाल ल्याइसकिएको छ भने १ लाख खोप भोलि ल्याइँदै छ। चीनले नेपाललाई सहयोगस्वरूप १० लाख खोप उपलब्ध गराएको हाे।