February 25, 2021, Thursday
२०७७ फाल्गुन १३
1:37:26 pm

पछिल्लो २४ घण्टामा देशभर थपिए १२५ नयाँ कोरोना संक्रमित

नेपालमामिला संवाददाता
२०७७ फाल्गुन १०

260

काठमाडौं – पछिल्लो २४ घण्टामा देशैभरी १२५ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ । देशैभरी गरिएको ३,६८१ नमुना परीक्षणमा १२५ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा महिला ४४ र पुरुष ८१ जना रहेका छन् । आज थपिएका १२५ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७३ हजार ५५६ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ९० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ९० जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ६९ हजार ९६६ पुगेको छ । निको हुनेको यो दर ९८.७ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशैभरी कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । मन्त्रालयका अनुसार संक्रमितको मृत्यु भएको छ ज्यान गुमाउनेको संख्या २०६१ रहेको छ ।