November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सुनको मूल्य प्रतितोला ६ सयले बढ्यो

2.4K

काठमाडौं- साताको पहिलो दिन सुनको मूल्य तोलामा ६ सय रूपैयाँले बढेको छ।

शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९० हजार रूपैयाँमा कारोबार भएकोमा आइतबार प्रतितोला ६ सय रूपैयाँ बढेर ९० हजार ६ सय रूपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्य समेत बढेको छ। आइतबार चाँदीको मूल्य प्रतितोला २० रूपैयाँ बढेको छ।

Advertisement

शुक्रबार १२ सय ९० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबारका लागि १३ सय १० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।