September 18, 2021, Saturday
२०७८ आश्विन २
1:37:26 pm

आज पनि घट्यो सुनको मूल्य

485

काठमाडौँ– साप्ताहिक कारोबारको अन्तिम दिन आज नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य तोलामा ९ सय ४५ रुपैयाँले घटेको छ ।

नेपाली बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ७७ हजार १ सय ६० रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ७८ हजार १ सय ५ रुपैयाँ थियो ।

शुक्रबार तेजाबी सुनको मूल्य भने तोलामा ९ सय रुपैयाँले घटेको छ । शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ७६ हजार ७ सय ७५ रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला ७७ हजार ६ सय ७५ रुपैयाँ थियो ।

बिहीबार पनि सुनको मूल्य तोलामा ७ सय ७० रुपैयाँले घटेको थियो । बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ७८ हजार ८ सय ७५ रुपैयाँ थियो भने तेजाबी सुनको मूल्य ७८ हजार ४ सय ४५ रुपैयाँ थियो ।