November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

भाटभटेनी सञ्चालक गुरुङसँग विशेष अदाललते माग्यो २ करोड धरौटी

2.4K

काठमाडौं- काठमाडौंको बालुवाटारस्थित् ११३ रोपनी सरकारी जग्गा विभिन्न व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्न भएको आरोपको मुद्दामा भाटभटेनी सुपर स्टोरका सञ्चालक मीनबहादुर गुरुङसँग विशेष अदालतले २ करोड रूपैयाँ धराैटी माग गरेकाे छ।

बुधबार अदालत हाजिर भएका गुरुङसँग २ करोड धराैटी माग गरिएकाे छ। धराैटीमा रकम बुझाएमा गुरुङ रिहा हुनेछन् भने बुझाउन नसके पुर्पक्षका लागि थुनामा जानेछन्। 

न्यायाधीशहरु प्रेमराज कार्की र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा भएको थुनछेक बहसपछि गुरुङसँग धराैटी मागिएको हो। 

Advertisement

गुरुङ परिवारका नाममा २०७६ फागुन २३ गते १५ दिने म्याद जारी भएको थियो। अख्तियारले विशेष अदालतमा दायर गरेको आरोपपत्रअनुसार बालुवाटारको सरकारी जग्गाको गैरकानूनी किनबेचमा व्यवसायी गुरुङसँगै उनको छोरा कल्याण गुरुङ‚ छोरी तथा सहोदर भाइ र बुहारीसमेतको संलग्नता रहेको पाइएको थियो।  

गुरुङका छोरा कल्याण, छोरी कामना, भाइ पहलमान र भाइबुहारी सरला गुरुङले सरकारी जग्गा कीर्ते गरी बेचबिखन गरेको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख गरिएको छ।