March 8, 2026, Sunday
२०८२ फाल्गुन २४
1:37:26 pm

घट्यो सुनको भाउ

650

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा चार हजारि पाँच सय रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला नौ हजार पाँच सय रूपैयाँ घटेको सुनको भाउ आज तोलामा चार हजार दुई सय रूपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार रूपैयाँ पुगेको छ ।

pin up pinup

बिहीबार सुन प्रतितोला दुई लाख ९५ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

Advertisement

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा चार हजार नौ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार सात सय १० रूपैयाँमा कारोबार भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय ७० रूपैयाँ घटेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार आठ सय १३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।