April 20, 2024, Saturday
२०८१ बैशाख ८
1:37:26 pm

नेप्से १८६६ अंकमा झर्‍यो

1.1K

काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से १८६६ अंकमा झरेको छ । अघिल्लो कारोबार दिन १८७० अंकमा रहेको नेप्से मंगलबार ४.२७ अंक घटेको हो ।

कुल ६९ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भयो । अघिल्लो कारोबार दिन ९५ करोड ४३ लाख रुपैयाँको भएको थियो । ६८ कम्पनीको मूल्य बढ्दा १४४ को घट्यो भने ७ को स्थिर रहृयो । बैंकिङ १, जलविद्युत् २०, माइक्रोफाइनान्स २०, निर्जीवन बीमा २६ र ब्यापार उपसमूह ३१ अंक घटे । विकास बैंक १, फाइनान्स २, होटल तथा पर्यटन १०, जीवन बीमा ४, उत्पादन उपसमूह ९ र अन्य ०.२ अंक बढे ।

आत्मनिर्भर लघुवित्तको मूल्य सबैभन्दा धेरै ८.२ प्रतिशत बढ्यो । गुराँस लघुवित्तको ४.३ तथा पिपल्स पावरको मूल्य ३.९ प्रतिशत बढ्यो । श्वेतगंगा हाइड्रोको मूल्य सबैभन्दा धेरै ४.७ प्रतिशत तथा मिथिला लघुवित्तको ४.५ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी, नेपाल टेलिकम, शिवम् सिमेन्ट, तारागाउँ रिजेन्सी र नबिल बैंक क्रमशः अगाडि रहे ।

Advertisement