January 18, 2022, Tuesday
२०७८ माघ ५
1:37:26 pm

बंगालदेशबाट मल आइपुग्न अझै तीन साता लाग्ने

530

काठमाडौं : सरकारले बंगलादेशबाट खरिद गरेको ५० हजार टन युरिया मल आइपुग्न अझै तीन सता लाग्ने भएको छ । प्रतीतपत्र (एलसी) खोल्ने प्रक्रिया नसकिएका कारण मल ल्याउन अझै केही समय लाग्ने देखिएको कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ ।

एलसीको ड्राफ्ट गरेर बंगालदेशलाई पठाएको र सो प्रक्रिया पुरा भएको १० दिनमा मल आउन सुरु हुने कम्पनीका सूचना अधिकारी बिष्णु पोख्रेलले बताए ।‘एलसीको ड्राफ्ट गरेर पठाएका छौं, उनीहरु अध्ययन गर्दैछन् । एलसी टुंगोमा पुगेपछि मल आउन थाल्छ’ पोख्रेलले भने ।

एलसी प्रक्रियाका शर्तहरुबारे बंगलादेशले आवश्यक परिवर्तनसहित सहमति पठाएपछि एलसी खोल्ने र त्यसपछि रेल र सडकमार्ग हुँदै मल आउन सुरु गर्ने पोख्रेलको भनाइ छ ।

Advertisement

अब बढीमा तीन सातासम्म मल लोड हुन सुरुहुने उनले बताए । हाल देशभर मल पर्यप्त मात्रामा रहेकाले बंगलादेशी मल ल्याउन खासै हतारो पनि नभएको कम्पनीले जनाएको छ ।

चालु आवको टेण्डरमार्फत साल्ट ट्रेडिङ र कृषि कम्पनीले खरिद गरेको मल आयत भईरहेको र बिक्री पनि नियमित रहेको कम्पनीले जनाएको छ ।