April 19, 2024, Friday
२०८१ बैशाख ७
1:37:26 pm

नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड

1.2K

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड कायम गरेको हो ।

महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ५ हजार ३ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार एक हजार रूपैयाँले बढेर एक लाख ६ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यो हालसम्मकै उच्च मूल्य हो । यसअघि सुनको मूल्य २०७८ फागुन २५ गते अहिलेसम्मकै उच्च १ लाख ५ हजार ५ सय रूपैयाँ कायम भएको थियो ।तेजावी सुन प्रतितोला १ लाख ५ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement

त्यसैगरी, सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य मंगलबार १५ रूपैयाँले घटेर १ हजार ३६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।