January 14, 2025, Tuesday
२०८१ माघ १
1:37:26 pm

समस्याग्रस्त सहकारीहरुलाई समस्याग्रस्त बन्न दिने छैनौं : मन्त्री श्रेष्ठ

1.2K

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय सम्बन्धी छरिएर रहेका ऐन र कानुनहरुलाई एकीकृत गर्ने काम मन्त्रालयले गरिरहेको बताएकी छन् ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले प्रकाशित गरेको सहकारी सुशासन वुलेटिनको विहीबार मन्त्रालयमा भएको एक कार्यक्रममा विमोचन गर्दै मन्त्री श्रेष्ठले भूमि तथा सहकारी सम्बन्धी छरिएर रहेका र पुराना कानुनहरुलाई समेटेर एकीकृत कानुन निर्माण गर्ने र समयानुकुल बनाउने काम मन्त्रालयले शुरु गरिसहेको बताइन । मन्त्री श्रेष्ठले गुठी विधेयक ल्याउनका लागि तयारी गरिरहेको पनि जानकारी दिइन ।

नागरिकको सुरक्षा गर्ने दायित्व सरकारको भएको भन्दै मन्त्री श्रेष्ठले सदस्य केन्द्रित सहकारी विकास गरेर जाने र समस्याग्रस्त सहकारीहरुको उचीत व्यवस्थापन गरी आगामी दिनमा सहकारीहरुलाई समस्याग्रस्त बन्नै नदिने गरी काम भइरहेको बताइन ।

Advertisement

मन्त्री श्रेष्ठले सहकारीहरु आफ्नो उदेश्य, मर्म र भावना अनुसार सञ्चालन हुनु पर्नेमा जोड दिदै यस अनुरुप चलेको थुप्रै सहकारीहरुले राष्ट्रहित र जनहितको पक्षमा राम्रो काम गरिरहेको पनि बताइन । उनले भूमिको उचित प्रयोग गरी उत्पादन र उत्पादकत्व बढाएर सहकारीका माध्यमबाट रोजगारीको विकास गरी युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न सकिने भन्दै त्यस तर्फे सहकारीहरु लाग्नु पर्नेमा जोड समेत दिइन ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले प्रचलनमा रहेका सहकारी सम्बन्धी ऐन र कानुनहरु पुराना भएकाले यसलाई समयानुकुल बनाउन आवश्यक रहेको औंल्याए ।