November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

तोलाको एक लाख ५ सय पुग्यो सुन

2.2K

काठमाडौं : नेपाली बजारमा सुनको दिनानुदिन उकालो लागिरहेको छ। 

अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानी गर्नेहरु बढ्दा उच्च मागका कारण स्थानीय बजारमा सुनको बजेको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५०० रुपैयाँ तोकेको छ। यस्तै तेजावी सुनको भाउ १ लाख रुपैयाँ निर्धारण गरिएको छ। 

यस्तै चाँदीको भाउ पनि बढेर तोलाको १ हजार ४० रुपैयाँ पुगेको महासंघले जनाएको छ। अघिल्लो दिन शुक्रबारको तुलनामा सुनको भाउ तोलामा २०० रुपैयाँ तथा चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको छ।

Advertisement

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १७९७ डलर र चाँदी प्रतिऔसत २३ दशमल ४८ डलमा कारोबार भइरहेको छ।