November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

दुर्गा प्रसाइँले बिर्तामोडमा साढे चार अर्ब लगानीमा होटल खोल्दै, सिसामा मात्र ३० करोड खर्च

1.8K

काठमाडौं। एमाले नेता एवम व्यवसायी दुर्गा प्रसाइँले बिर्तामोडमा साढे चार अर्ब लगानीमा होटल संचालनमा ल्याउने भएका छन् । आगामी बैशाखबाट संचालनमा ल्याउन लागिएको एट्रियम क्यासिनो होटलको निर्माण कार्य ७० प्रतिशत सकिएको छ ।

आन्तरिकसँगै भारतीय पर्यटकलाई लक्षित गर्दै क्यासिनोसहितको पाँचतारे स्तरको होटल सञ्चालनमा ल्याउन लागेको उनले जानकारी गराए। होटलमा क्यासिनो सञ्चालनका लागि मकाउका केही कम्पनीले चासो देखाइरहेको उनले बताए।

ुनेपालमा क्यासिनोमा मनोरञ्जन गर्न भारतीय र भारत हुँदै विभिन्न देशका पर्यटक आइरहेका छन्। ३० किलोमिटर नजिकै रहेको बागडोगरा एयरपोर्ट हुँदै भारतको २७ वटा राज्यसँगै भुटान, बंगलादेश, थाइल्याण्ड लगायतका देशबाट आउने पर्यटकलाई लक्षित गर्दै यो होटल सञ्चालनमा ल्याउन लागेका हौं,’ संचालक प्रसाईंले भने।

Advertisement

१ सय १५ वटा कोठा रहेको होटलमा पाँचवटा भिल्लासँगै २५ सय जना क्षमताको बैंक्वेट हल, साउना, फिटनेस सेन्टर, स्विमिङ पुल लगायतको सुविधा रहने उनले जानकारी दिए। होटलमा प्रयोग गरिएको सिसामा मात्र ३० करोड रुपैयाँ खर्चिएको छ । चार बिघा क्षेत्रफल (५३ रोपनी ४ आना) मा होटल निर्माण भइरहेको हो ।