November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

नेप्से परिसूचक ३९.९३ अंकले वृद्धि

2.3K

काठमाडाैं : पछिल्लो समय तीन हप्ता लगातार रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक वृद्धि भएको छ। मंगलवार नेप्से परिसूचक ३९.९३ अंक बढेर १९२४.७४ बिन्दुमा पुगेको छ।

त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ८.९ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.६८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.९२ अंकले बढेको छ।

मंगलवार कारोबारमा आएका २३१ कम्पनीको ३७ लाख ६५ हजार कित्ता शेयर १ अर्ब २५ करोड ३७ लाख ५७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। नेप्से परिसूचक वृद्धि भएपनि  मंगलवार कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा केही घटेको छ।

Advertisement

अघिल्लो कारोबार दिन १ अर्ब ७५ करोडको शेयर कारोबार भएको थियो। मंगलवार नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.८९ प्रतिशत बढेको छ।

त्यस्तै, वित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

मंगलवार ३ वटा कम्पनीको शेयर मूल्य शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आँधिखोला लघुवित्त, सिवाईसी लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। कारोबार रकमका आधारमा ११ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ।