November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

पेट्रोलियमको मूल्यमा उच्च वृद्धि, पेट्रोल १९९

2.2K

काठमाडौं । पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ पुगेको छ ।

नेपाल आयल निगमले आइतबार राति एकैपटक पेट्रोलमा २१ रुपैयाँ मूल्य बढाएको हो । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर २७ रुपैयाँ मूल्य बढाएको छ ।

नयाँ मूल्य १९२ रुपैयाँ पुगेको छ । हवाई इन्धनमा पनि मूल्य बढाइएको छ । निगमलाई अझै मासिक ४ अर्ब ७० करोड घाटा रहेको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

बढेको मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ ५८ पैसा र डिजेलमा १३ रुपैयाँ ९५ पैसा घाटा भएको जनाएको छ ।

रुस–युक्रेन युद्धका कारण विश्वव्यापी रुपमै मूल्य बढेको र भारतिय आयल कर्पोरेसनले पनि मूल्य बढाएर पठाएकाले समायोजन गरिएको निगमको भनाइ छ ।